२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० जिल्लामा टेलिकमको फोरजी सेवा



अ+ अ-

काठमाडौँ । गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ । नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत माघ २० गते नयाँ सम्झौता गर्दै फोरजी विस्तारलाई गति दिएको थियो ।

देशैभर फोरजी विस्तार गर्ने परियोजना अन्तर्गत अहिले तीव्ररूपमा नयाँ टावरमा यो सेवा जडान गर्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘खासगरी पूर्वाधार निर्माणमा निकै जटिलताका बीच पनि नियमितरूपमा सेवा विस्तारको काम भइरहेको छ’ उनले भने ‘फोरजी विस्तारको अहिलेसम्मको प्रगति हेर्दा टेलिकममा कुनै परियोजनामा यति छिटो काम भएको यो पहिलोपटक नै हो ।’ टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानीमा ६५ लाख फोरजी ग्राहक थप गर्ने लक्ष्यसहित माघदेखि नेटवर्क विस्तारको परियोजना अगाडि बढाएको थियो ।

उक्त परियोजना अनुसार अहिलेसम्म हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लाका मुख्य स्थानमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ । फोरजी परियोजना अन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसै परियोजना अन्तर्गत थप छ सय नयाँ टावर स्थापना गर्ने काम कम्पनीले अगाडि बढाएको छ । काम सुरु भएको फागुनदेखि यता कम्पनीले दुई सयओटा नयाँ टावर स्थापना गरिसकेको छ भने एक हजार पाँच सयभन्दा बढी टावरमा फोरजी प्रविधि जडान गरेर सेवा सञ्चालनमा ल्याएको छ ।

गत माघमा भएको सम्झौताअनुसार एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि भौगोलिक जटिलता, मौसमको प्रतिकूलताका कारण कतिपय स्थानमा स्वभाविक रूपमा काम अगाडि बढ्न नसकेको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । ‘यद्यपि अहिले नेटवर्क विस्तारमा ठूलो समूह परिचालन छ’ उनले भने ‘माघसम्ममा अझ धेरै टावरमा फोरजी जडान गर्नसक्छौँ ।’ उनका अनुसार अहिले प्रतिदुईघण्टामा हरेक नयाँ टावरमा फोरजी प्रविधि जडानको काम भइरहेको छ ।

कतिपय ठाउँमा योभन्दा कम समयमा नै फोरजी प्रविधि जडान गरिएको उनले जानकारी दिए ।उनका अनुसार परियोजनामा तोकिएको लक्ष्यअनुसारका पूर्वाधार निर्माणका काम अगाडि बढाइनेछ । नेपाल टेलिकमले हाल ८ सय र १८ सय मेगाहर्ज ब्यान्डअन्तर्गत प्राप्त फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ ।

फोरजी सेवा विस्तारका लागि कम्पनीले यसैलाई केन्द्रित गरेर व्यावसायिक योजनाका कार्यक्रम पनि समान रूपमा अगाडि बढाएको जनाएको छ । अहिले प्रयोगमा रहेको थ्रीजीभन्दा उच्च गतिको इन्टरनेट प्रयोग गर्नसकिने र खास गरी भिडियो कन्टेन्टका लागि फोरजी उपयोगी प्रविधि मानिन्छ । गोरखापत्र दैनिकबाट