२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा सम्पदा रंग्याउँदै जापानी युवा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सहयोगका लागि उपत्यकाका सम्पदा क्षेत्रमा रंगरोगन गर्न जापानबाट आएका स्वयंसेवक खटिएका छन् । टेकुस्थित बागमती नदी किनारको दायाँबायाँका मन्दिर क्षेत्रमा तीन जना जापानी स्वयंसेवी समूहले रंगरोगन गर्यो । जसलाई ललितपुर महानगरपालिका–२ मा रहेको सृष्टि महिला समूहले पनि साथ दिएको थियो । युवा स्वयंसेवीलाई नेपाल ल्याउन जापानको ओशाकास्थित सन्तानको अपरेसनले मुख्य भूमिका खेलेको थियो ।

स्वयंसेवी समूहले शनिबार राजतीर्थस्थित राम मन्दिर र नारायण मन्दिर क्षेत्रमा रंगरोगन गरी चिटिक्क बनाएको छ । रंगरोगन गर्न ओसिमा गेन र खाइ साको जापानबाट एक महिनाअघि नेपाल आएका हुन् । उनीहरूलाई नेपालमा एक वर्षअघिदेखि बसी विभिन्न सामाजिक काममा क्रियाशील सन्तान कोअपरेसनका प्रतिनिधि दाइसुरे कियामा र २४ वर्ष अघिदेखि विश्वभाषा क्याम्पसमा जापानीज भाषा पढाउँदै आएकी मिडौरी साकामोतोले पनि साथ दिएकी थिइन् ।

यो समूहले यसअघि चितवनको मेघालीस्थित धर्मपुर क्षेत्रका १०० परिवार थारुका घरमा पनि रंगरोगन गरी चिटिक्क पारेको थियो । पर्यटकीय क्षेत्रका घर र सम्पदा क्षेत्रमा रंगरोगन गर्दा नेपाल भ्रमण वर्षका लागि सहयोग पुग्ने उनीहरूले बताए । ठमेलको केही मन्दिरमा समेत रंगरोगन गरेको यो स्वयंसेवी समूहले वसन्तपुर क्षेत्रका सम्पदामा पनि काम गर्ने सोच बनाएको छ ।रंगरोगनमा समूहले सञ्चालन गरेको चित्रकला प्रशिक्षणमा सहभागी भएका ३० जना बालबालिकाले पनि सहयोग गरेका थिए ।

तीन महिनासम्म प्रशिक्षण दिइएको थियो । फागुनपछि फेरि प्रशिक्षणलाई निरन्तरता दिइने सृष्टि महिला समूहले जनाएको छ । सन्तान कोअपरेशनको सहयोगमा सृष्टि महिला समूहले गत वर्ष माघदेखि विपन्न वर्गका बालबालिकालाई पोषणयुक्त खाना खुवाउने कार्यक्रमसमेत राममन्दिरमा आयोजना गर्दै आएको छ । पाक्षिकरूपमा त्रिपुरेश्वस्थित विश्वनिकेतन माध्यमिक विद्यालय र सानेपास्थित टीकाभैरव विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत ५० बालबालिकालाई पोषणयुक्त खाना खुवाउँदै आएको समूहकी अध्यक्ष पारु डंगोल राउतले जानकारी दिए ।

ललितपुर महानगरपालिकाले दुई पटकसम्म उत्कृष्ट काम गर्ने महिला समूहका रूपमा सूचीकृत गरेको समूहले यस क्षेत्रको सांस्कृतिक सम्पदा सफाइमा समेत योगदान गर्दै आएको छ । यस क्षेत्रका अमूर्त सम्पदा अर्थात् जात्रा लगायतको संरक्षणमा समेत समूहले सहयोग गर्दै आएको छ । सौर्य दैनिकबाट