२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिँदै, नयाँ सभामुख को बन्दैछ ?



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् । ‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । योभन्दा पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन्।

दुवै तत्कालीन एमालेतर्फका नेता हुन् । उता आफ्नो भागमा परेको भन्दै तत्कालीन माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि भावी सभामुखमा चर्चामा छ । पार्टी एकतापछि पार्टीभित्र ‘यो पक्ष र त्यो पक्ष’ भन्न नहुने धारणा सार्वजनिक भइरहेको छ । नेकपा सचिवालय बैठकले सरकार सञ्चालनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिसकेको छ । पार्टीभित्र नै व्यापक छलफल गरी सरकार र पार्टी दुवै मोर्चामा दुवै अध्यक्षले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।

पार्टीको स्थायी समिति बैठकमा समेत पार्टीको तर्फबाट अध्यक्ष दाहालले नै प्रतिवेदन तयार पारी प्रस्तुत गरेका थिए । पार्टीको निर्णयअनुसार नै सरकार सञ्चालन गर्ने विषयमा दुवै अध्यक्षले स्पष्ट रूपमा बताउँदै आएका छन् । नेकपाको तर्फबाट सभामुख चयनका लागि सहज वातावरण बनाउनका लागि पार्टीले गरेको आग्रहअनुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् । उनले अधिवेशन सुरु गर्ने बैठक आफूले नै सञ्चालन गर्ने पार्टी नेतृत्वलाई बताउँदै आएकी थिइन् । उनको इच्छाअनुसार शुक्रबारको बैठक उनले नै सञ्चालन गरिन् ।

शुक्रबार बसेको प्रतिनिनिधिसभा बैठकमा शीर्ष नेताहरू नै उपस्थित नहुँदा दलीय आधारमा बोल्ने कार्यसूची नै राखिएको थिएन । बैठकपूर्व बसेको कार्यव्यवस्था समितिका बैठकले प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुखले गर्ने निर्णय गरेका थियो । सभामुख निर्वाचनको विषयमा पनि कार्यव्यवस्था समिति बैठकले एक सातापछि दोस्रो बैठक बोलाउने र सभामुख निर्वाचनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

सभामुख निर्वाचन हुने बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने छैनन् । सभामुख र उपसभामुख निर्वाचनको अध्यक्षता प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं सांसद महन्थ ठाकुरले गर्नेछन् । अहिलेको प्रतिनिसभामा ज्येष्ठ सदस्य भएका कारण उनले सभामुख चयनका लागि बस्ने बैठकको अध्यक्षता गर्नेछन् ।

यदि ११ पुसभन्दा अगाडि नै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गरेको अवस्थामा उनै ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् । नेकपाले सभामुख आफ्नो पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरे पनि नयाँ सभामुख छान्न नसक्दा अन्योल छाएको छ । राजधानी दैनिकबाट