२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौँ महानगरबिच सम्झौता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महानगर र अस्पतालबिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गतका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न आवश्यक प्लान्ट निर्माण गर्नेछ।

चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार उक्त प्लान्ट निर्माणका लागि महानगरले दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तारसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइन् । उनका अनुसार महानगरभित्र खाली ठाउँको अभावका कारण फोहोर व्यवस्थापनमा थप समस्या उत्पन्न हुँदै आएको छ।

उनले महानगरका प्रत्येक वडामा स्थापना गरिएका स्वास्थ्य प्रवर्धन केन्द्रबाट निस्कने फोहोर संवेदनशील र स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुने भएकाले यसको व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिन्। यसअघि विभिन्न अस्पतालसँग छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको अवस्थामा प्रसूति गृहसँगको यो सम्झौता महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।

यस सम्झौतापछि प्रसूति गृह र महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादन हुने स्वास्थ्यजन्य फोहोर एकै स्थानमा प्रभावकारी रूपमा व्यवस्थापन हुने विश्वास गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले प्लान्ट निर्माण कार्य तत्काल सुरु गरी निर्धारित समयमै सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापनलाई आग्रह गरिन्।