२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन परिणाम स्वीकार गर्दै एमाले सशक्त प्रतिपक्षमा रहनेछः सचिव अर्याल



समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसद
अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणाम स्वीकार गर्दै अब पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएकी छन् ।

बिहीवार निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले आगामी सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामका लागि सहयोग गर्ने बताउँदै एमालेले स्थायित्व र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने स्पष्ट पारिन्।

सचिव अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै पार्टीले आफ्ना कमजोरीहरूको समीक्षा गर्ने उल्लेख गरिन् ।उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउँदै रोजगारी सिर्जना, उत्पादन वृद्धि, महिला तथा ज्येष्ठ नागरिकको सम्मानजस्ता विषयमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

उनका अनुसार राजनीतिक अस्थिरता नै विकासको प्रमुख बाधक हो । नयाँ शक्तिले झण्डै दुई तिहाइ जनसमर्थन प्राप्त गरेको अवस्थामा सरकारप्रति जनअपेक्षा अझै उच्च रहेको पनि उनले बताइन् ।

सचिव अर्यालले एमालेले प्रतिपक्षबाट जनमतको रक्षा गर्दै सरकारलाई सही मार्गमा ल्याउन भूमिका खेल्ने बताउँदै राम्रो काममा सहयोग र जनहित तथा राष्ट्रहित विपरीत कार्यमा कडा खबरदारी गर्ने स्पष्ट पारिन् । उनले राष्ट्रिय स्वाभिमान कमजोर हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै आवश्यक परेमा कडा रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिइन्।

उनले भनिन् “जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ । निर्वाचन परिणामलाई स्वीकार गर्दै हामी राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार राम्रोसँग चलोस् भन्ने चाहन्छौँ । हामी स्थायित्वका पक्षमा छौँ । हामी आफ्ना कमजोरीको समीक्षा गर्छौँ । प्रतिपक्षको भूमिकामा एमालेलाई तपाईंहरूले सशक्त देख्नुहुनेछ । राष्ट्रिय स्वाभिमान कमजोर हुने कुनै पनि काम हामी स्वीकार गर्न सक्दैनौँ । बेरोजगारी समस्या समाधान, उत्पादन वृद्धि, आत्मनिर्भरता र विकास हाम्रो प्राथमिकता हो । राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्छौँ ।”

उनले एमालेले निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै संगठनात्मक कमजोरी सुधार गर्ने पनि बताइन् ।




भर्खरै