२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्प व्यवसायलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड



अ+ अ-

काठमाडौँ । काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न राज्य र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

भृकुटीमण्डपमा बिहीबारदेखि सुरू भएको २७औँ फ्लोरा एक्स्पो–२०८२ को उद्घाटन समारोहमा बोल्दै उनले विगत २७ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्धन र उद्योगको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।

श्रेष्ठले निजी क्षेत्रको सक्रियता, एकता र निरन्तर प्रयासकै कारण पुष्प व्यवसाय आजको अवस्थामा आइपुगेको भन्दै आयोजक तथा व्यवसायीहरूलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघसँग भएको वस्तुगत परिषदसम्बन्धी सहकार्यलाई पनि सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरे ।

उनले अन्तर्राष्ट्रिय अनुभव साझा गर्दै मरुभूमि मुलुक संयुक्त यूएईमा समेत फूल व्यवसायलाई अत्याधुनिक प्रविधिमार्फत ठूलो स्तरमा विस्तार गरिएको उदाहरण प्रस्तुत गरे । उनले त्यहाँ एसिया र अफ्रिकाबाट आउने फूलहरूको व्यवस्थापन तथा निर्यात प्रणालीले नेपालजस्ता मुलुकका लागि पनि सम्भावना देखाएको बताए ।

श्रेष्ठले नेपालमा फूल उत्पादन र निर्यातको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सही नीति, लगानी र सरकारी सहकार्य भएमा यस क्षेत्रले ठूलो आर्थिक योगदान दिन सक्ने धारणा राखे । उनले भन्सार तथा निर्यात प्रक्रियामा सहजीकरण गर्न राज्यलाई आग्रह गर्दै निजी क्षेत्रको आवाज सशक्त हुनुपर्नेमा जोड दिए ।

उनले पुष्प व्यवसायलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर हेर्नुपर्ने बताउँदै यसको विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।