२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमोरोसमा १७ आप्रवासीको मृत्यु



अ+ अ-

अन्तानानारिभो। कोमोरोसको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको गृहमन्त्री मोहम्मद अहमद असौमानीले बिहीबार जानकारी दिनुभएको छ।

“डुङ्गाबाट कोमोरोस ल्याइएका ५१ जना आप्रवासीमध्ये बिहीबार ३० जना मात्रलाई जीवितै उद्धार गरिएको छ,” उहाँले भन्नुभयो ।

“उनीहरूमध्ये बुधबार राति आठ जनाको मृत शरीर समुद्रबाट उद्धार गरिएको थियो, बिहीबार बिहान थप नौ जनाको शव भेटिएको छ भने चार जना अझै हराइरहेका छन् ।”

गृहमन्त्री असौमानीले भन्नुभयो, “बाँचेकाहरूलाई अस्पताल लगिएको छ र सामुद्रिक गार्डmे उनीहरूको खोजी कार्य जारी राखेका छन्।

बाँचेकाहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गोका हुन् भन्ने विश्वास गरिएको छ, यद्यपि उनीहरूको पहिचानका लागि अझै काम भइरहेको छ । उनीहरू मायोट जाने योजना बनाइरहेका थिए।

कोमोरोसमा यति ठूलो आप्रबासीको मृत्युको घटना यो पहिलो हो । (रासस/सिन्ह्वा)