२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ



अ+ अ-

तेहरान। इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताउनुभएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भन्नुभयो, ‘संयमको एक मात्र कारण’ शुभेच्छुकहरूबाट तनाव कम गर्न गरिएको अनुरोध हो ।

“यो युद्धको कुनै पनि अवस्थामा हुने अन्त्यले हाम्रा नागरिक बस्तीहरूमा भएको क्षतिलाई सम्बोधन गर्नुपर्दछ,“ उहाँले थप्नुभयो ।

बुधबार इजरायलले दोहासँग साझेदारी गरेको खाडीमा रहेको इरानको ‘साउथ पार्स’ अपतटीय प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण सुरु गरेको छ । यसको केहस् समयपछि कतारले इरानद्वारा आफ्नो तरलीकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा निशाना बनाएको र आक्रमणका कारण केन्द्रमा आगलागी र व्यापक क्षति भएको जनाएको छ।

जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा भन्नुभएको छ,“संयुक्त राज्य अमेरिका इजरायली आक्रमणको बारेमा अनभिज्ञ छ, न त कतार यसमा संलग्न छ ।”

उहाँले भन्नुभयो, “यदि इरानले कतारमा फेरि आक्रमण गर्यो भने, अमेरिकी सेनाले इरानको साउथ पार्स ग्यास फिल्डको ‘सम्पूर्ण विस्फोट’ गर्नेछ।”

यो घटनाक्रमको विकास फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि बढेको तनावको बीचमा आएको हो ।

आक्रमणको बदलामा इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वमा इजरायल र अमेरिकी चासाका क्षेत्रमाथि आक्रमण गरेका छन् । यद्यपि आक्रमणबाट स्वभाविक रूपमा इरानले बढी क्षति व्यहोरेको छ ।