२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अधिकृतको विज्ञापनप्रति समायोजितको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रदेश र स्थानीय तहमा समायोजन भएका चार सय शाखा अधिकृतहरूले लोक सेवा आयोगले हालै खोलेको ५६० शाखा अधिकृतको पदप्रति आपत्ति जनाएका छन् । सङ्घमा दरबन्दी खाली हुँदाहुँदै शाखा अधिकृतले प्रदेश र स्थानीय तहमा जबर्जस्ती समायोजन गरिएको भन्दै उनीहरुले सरकारसमक्ष आपत्ति जनाएका हुन् । उनीहरू सङ्घमा बाँकी रहेको सबै दरबन्दीमा शाखा अधिकृतलाई समायोजन गराइसकेपछि मात्र लोक सेवा आयोगले शाखा अधिकृत पदको दरबन्दीमा खुल्ला विज्ञापन गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ महानगरपालिकामा समायोजन भएका शाखा अधिकृत नगेन्द्र सुवेदीले भने “आफूहरू निजामती सेवा ऐन २०४९ अनुसार नियुक्ति भएको तर अहिले सोही अनुसारको सेवा सुविधा नहुनु आपत्तिजनक छ ।” उनका अनुसार पहिलो रोजाइमा सङ्घ छनोट गरेका अधिकृतहरूलाई सरकारले जुनियर भएको भन्दै प्रदेश र स्थानीय तहमा समायोजन गराएको थियो । सङ्घ रोजेका दुई हजार ३४१ जना कर्मचारीलाई सङ्घमा नै अटाएको तर चार सय कर्मचारीले भने सङ्घ रोज्दा रोज्दै प्रदेश र स्थानीय तहमा खटाएको प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीको भनाइ छ ।

असन्तुष्ट चार सय शाखा अधिकृतहरूले संसद्को राज्य व्यवस्था समिति र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई सङ्घमा फर्काउन नमिल्नै जनाएको छ । गुनासा र समस्या प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन निर्माण भएपछि सबै समस्याको समाधान हुने मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए । गोरखापत्र दैनिकबाट