१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ



अ+ अ-

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो ।

यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पक्राउ गरी कारबाही गरिएको हो ।

यस अवधिमा कार्यालयले विभिन्न चार किसिमका मुद्दा अदातलमा दर्ता गराएको छ । सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उनले जानकारी दिए।

निकुञ्जले यस आर्थिक वर्षमा नौवटा मुद्दा फैसला गरेको छ । उहाँका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका २६ र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये नौवटाको फैसला भएको छ । अहिले १८ मुद्दा चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी मुद्दा र ११ वटा मुद्दा वन्यजन्तुसँग सम्बन्धित छन् ।