२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजयः काँग्रेस



अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

काँग्रेसको जारी केन्द्रिय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिनुभयो । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उहाँले बताउनु भयो ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उहाँले बताउनु भयो । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो । केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको काँग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उहाँको भनाई छ ।

उहाँले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको काँग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताउनु भयो । उहाँले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताउनु भयो । उहाँका अनुसार काँग्रेसको ९ औँ महाधिवेशनमा करिव १ लाख सदस्य रहेका थिए । १४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने काँग्रेसले १७ लाख ५९ हजार ल्याएको छ । उहाँले काँग्रेसको केन्द्रिय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । यो भोटको माईग्रेसन मात्रै हो की माईन्डसेट नै माईगे्रसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भिरतापूर्वक हेरिरहेका छौँ । ५ देखी ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरु २०÷२१ वटा निर्वाचन क्षेत्रहरु छन् । त्यसको अतिरिक्त ३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटी भएका कारणले हुनसक्छ । हामी त्यसमा समिक्षा गर्दैछौँ । ५ हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौँ, कतिपय क्षेत्रहरुमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौँ । कतिपय क्षेत्रमा संगठानत्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरुमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो की भन्ने छ । ८ लाख ५० हजार क्रियाशिल सदस्य रहेको पार्टीमा एउटा घरमा ४ जना सदस्य हुँदापनि ठूलो संख्यामा मत आउनुपर्ने थियो तर १७ लाख ५९ हजार मत मात्रै किन आयो ? यसमा प्रश्न पनि उठेको छ । हामीले ९ औँ महाधिवेशनमा १ लाख सदस्य संख्या थिए, आज १४ औँ महाधिवेशनमा आइपुग्दा ८ लाख ७० हजार हुँदा क्रियाशिल सदस्यको संख्या बढिरहेको छ, पार्टीको मत घट्दै गएको छ । यो कुराले अलि बढी चिन्तित तुल्याएको छ ।’

उहाँले जारी केन्द्रिय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भईरहेको जानकारी दिनुभयो । बैठकले काँग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल