२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक ऋणको सीमा निर्धारण गर्दै तीनै तहका सरकारलाई उत्पादनशिल योजनामा मात्रै आन्तरीक ऋण लिएर परिचालन गर्न निर्देशन दिएको छ ।

आयोगले ऋणको सीमा निर्धारण गर्दै त्यस्तो ऋण जथाभावी रुपमा परिचालन नगर्न तीनै तहका सरकारलाई सचेत पारेको हो । आयोगकाअनुसार आन्तरिक ऋणलाई रोजगारी सिर्जना, दीर्घकालीन लाभ, पूर्वाधार विकास तथा पुँजी निर्माण हुने आयोजनामा मात्र विनियोजन गर्नुपर्नेछ ।

तीनै तहका सरकारले चालु तथा प्रशासनिक खर्चमा कडाइका साथ त्यस्तो ऋण निषेध गर्नुपर्नेछ  । आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य तथा वित्तीय/आर्थिक आन्तरिक प्रतिफल दर उच्च भएका नाफामुलक आयोजना तथा सामाजिक आयोजनामा मात्र ऋण उपयोग गर्नुपर्नेछ ।

ऋणबाट प्राप्त प्रतिफलबाट नै सावाँ र ब्याज तिर्न सकिने सुनिश्चितता भएका पूर्वतयारी सम्पन्न आयोजनामा मात्र परिचालन गर्न तीनै तहका सरकारलाई आयोगले भनेको छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनअनुसार नेपाल सरकारको स्वीकृति लिएपछि मात्र प्रदेश तथा स्थानीय तहले बजेटमा आन्तरिक ऋण स्रोतको रूपमा उल्लेख गर्न, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत तीन तहको आन्तरिक ऋणको एकीकृत विद्युतीय सूचना, लेखांकन तथा प्रतिवेदन प्रणाली विकास गर्ने र आयोगलाई पनि पहुँच दिन भनेको छ ।

त्यस्तै, ब्याजदर न्युन हुँदा अल्पकालीन उपकरण प्रयोग गरी ऋण उठाउने र नवीकरणलाई नयाँ ऋणको रूपमा संसदबाट अनुमोदन गरेर मात्र परिचालन गर्न र तीन तहका सरकारले आन्तरिक ऋण परिचालनको अनुमानित तथा वास्तविक विवरण क्षेत्रगत, आयोजनागत तथा स्रोतगत रूपमा आयोगमा उपलब्ध गराउन आयोगले भनेको छ ।

आयोगले आन्तरिक ऋणलाई ‘भविष्यको राजश्व वर्तमानमा खर्च गरे सरह‘ मान्दै तीन तहका सरकारलाई सिफारिस सीमाभित्रै रहने गरी राजस्व सुधार कार्ययोजना बनाई कार्यान्वयन गर्न पनि भनेको दिएको छ । स्थानीय तहको पूर्वाधार निर्माणका लागि नेपाल सरकारले गठन गरेको विशिष्टीकृत संस्थाबाट हुने ऋण लगानीमा भने यो सीमा लागू नहुने आयोगले स्पष्ट पारेको छ ।

वित्त आयोगको सिफारिस अनुसार आगामी वर्ष २०८३/८४ मा संघीय सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) को अधिकतम ५.५ प्रतिशतसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछन भने प्रदेश र स्थानीय तहले आफ्नो आन्तरिक राजश्व तथा राजस्व बाँडफाँटको योगफलको १२ प्रतिशतसम्म ऋण उठाउन पाउनेछन् ।

यो सिफारिस नेपालको समष्टिगत आर्थिक अवस्था, राजश्व–व्यय अनुमान, वित्तीय बजारको सहजता तथा ऋण व्यवस्थापनको आवश्यकतालाई आधार बनाएर गरिएको आयोगले जनाएको छ ।




भर्खरै