२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी



अ+ अ-

काठमाडौँ। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ ।

विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झन्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जनाएको छ ।

साथै, पदयात्रा अनुमतिसम्बन्धी प्रावधान कठिनाई भएमा सहजीकरणको लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर +९७७ ९७६१४२३६३६ को व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ । विभागबाट विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी नहुँदा एकल रुपमा पदयात्रामा जान चाहने पदयात्रीले अनिवार्य रुपमा पदयात्रा साझेदार खोज्नुपर्ने भएकाले असहज भएको र पर्यटन प्रबद्र्धनमा समेत असर परेको भनी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) लगायत पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाहरुबाट गुनासो प्राप्त भएको अवस्थालाई दृष्टिगत गरी एक पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गर्ने गरी चैत ८ गते विभागीय निर्णय भएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।

यसरी पदयात्रा गर्दा अनिवार्य रुपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी शर्त निर्धारण गरिएको छ ।

साथै, एजेन्सीमार्फत एक समूहमा ठूलो सङ्ख्यामा निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एक ट्रेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानीमा असहज हुनेलगायतको अवस्थालाई मध्यनजर गरी एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात पदयात्री रहने गरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको छ । रासस




भर्खरै