२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप आक्रमणले मात्र इरानसँगको तनाव कम सम्भव : अमेरिकी अर्थमन्त्री



अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य अभियानका लागि विरोधाभासपूर्ण मार्ग देखाएपछि आइतबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘युद्धको प्रभाव रोक्न अमेरिकाले इरानविरुद्धको आक्रमण ‘बढाउन’ आवश्यक रहेको बताउनुभएको छ।

ट्रम्पले शनिबार अमेरिकी उद्देश्य निकै नजिक रहेको र युद्ध अन्त्य गर्ने विचार गरिरहेको बताृनुभएको थियो भने यसको विपरीत आइतबार तेहरानले हर्मुजको जलमार्ग पूर्ण रूपमा नखोले इरानका ऊर्जा संयन्त्रहरू ‘ध्वस्त’ पार्ने धम्की दिनुभएको थियो ।

एनबीसीको ‘मिट द प्रेस’ मा सोधिएको के ट्रम्पले युद्ध अन्त्य गर्ने तयारी गरिरहनुभएको हो वा बढाइरहनुभएको हो भन्ने प्रश्नमा बेसेन्टले भन्नुभयो, “तिनीहरू विरोधाभाषपूर्ण छैनन् । कहिलेकाँही युद्ध रोक्न युद्ध गर्नुपर्छ । यो इरानीहरूले बुझ्ने एक मात्र भाषा हो।”

विश्वको पाँच भागको एक भाग विश्वव्यापी ग्यास र तेल आपूर्तिको प्रवाह हुने स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत हुने जहाजको बिरूद्ध इरानको धम्कीले विश्वभरि ऊर्जाको मूल्य बढाएको छ।

बजारको अस्तव्यस्ततालाई कम गर्ने प्रयासमा पहिले नै जहाजहरूमा लोड गरिएको इरानी र रूसी तेलमा अमेरिकी प्रतिबन्धहरू अस्थायी रूपमा हटाएको बेसेन्टले बताउनुभयो, तर यो कदमले केही प्रतिक्रिया उत्पन्न गरेको छ, आलोचकहरूले यसले अमेरिका–इजरायल द्वन्द्व जारी रहेको समयमा इरानलाई आर्थिक सहयोग प्रदान गर्नेछ।

विरोधाभासको बारेमा एनबिसीलाई सोधिएको प्रश्नमा बेसेन्टले अमेरिकी साझेदारहरूमाथिको दबाब कम गर्न र इरानले आफ्नो तेलको लागि प्राप्त गर्न सक्ने मूल्य कम गर्न मद्दत पुर्याएको रूपमा यस कदमको बचाउ गर्नुभयो ।

“त्यो इरानी तेल सधैं चिनियाँहरूलाई बेच्ने गरिएको थियो र यो छुटमा चिनियाँ बजारमा गइरहेको थियो । तेलको मूल्य १५० डलर प्रति व्यारेल पुग्नु र इरानले त्यसको ७० प्रतिशत पाउनु ठीक कि तेलको मूल्य १०० भन्दा तल हुनु ठीक? पक्के पनि पछिल्लो कुरा ठीक हुनेछ ।

कच्चा तेलको मूल्यमा भएको वृद्धिले संयुक्त राज्य अमेरिकाभर पम्पमा लागत पनि द्रुत रूपमा बढेको देखिएको छ। जसले ‘मिड टर्म’ चुनावको केही महिना अघि राष्ट्रपतिका लागि सम्भावित राजनीतिक जोखिम सिर्जना गरेको छ।

बेसेन्टले आइतबार अमेरिकीहरूले कहिले मूल्यहरू नरमाइलो हुने अपेक्षा गर्नुपर्दछ भन्ने समयरेखा दिन अस्वीकार गर्नुभयो र तर्क गर्नुभयो, “अमेरिकी मतदाताहरू सहमत हुनेछन् कि इरानको आणविक खतरा हटाउनु अस्थायी लागतको लायक हुनेछ।”

उहाँले युद्धको निरन्तरता वा अन्त्यबारे गरिएको प्रश्नमा भन्नुभयो, “मलाई थाहा छैन, युद्ध ३० दिन हुनेछ वा ५० दिन हुनेछ । यो १०० दिनसम्म पनि पुग्ने हो कि यो पनि मलाइ थाहा छैन।

“तर मध्यपूर्वमा ५० वर्ष शान्ति कायम गर्नु र इरानी शासनलाई बदनाम गरिएको छ भन्ने थाहा पाउनु सार्थक हुनेछ।

यसैबीच, इरानका अन्तिम शाह रेजा पहलवीका निर्वासित छोराले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई इरानको नागरिक पूर्वाधारलाई निशाना नबनाउन आग्रह गर्नुभएको छ।

विदेशमा प्रभाव राख्ने तर कुनै आधिकारिक पद नभएका इरानीमूलका अमेरिकी पहलवीले एक्स सन्डेमा एक पोस्टमा भन्नुभयो, “इरानको सत्ता र शासन विघटन हुनुपर्छ, इरानको रक्षा गर्नुपर्छ ।“(रासस/एएफपी)