२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल र सिटौला पक्षका नेताहरु बोहोराटारमा, सभापति सानेपामा कुर्दै



अ+ अ-

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको छुट्टै भेला भएका छन । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा १२ बजेदेखि छलफलमा जुटेका हुन्।

यता पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङल र हृदयराम थानीलगायतको उपस्थित रहेको छ ।

सभापति शेर बहादुर देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालयमा छलफल गर्न पौडल पक्षलाई बुधबार दिउँसो १ बजे बोलाइएपनि पौडेल पक्षका नेताहरुले आफ्नो अन्तिम रणनीति बनाएर सानेपा प्रवेशको तयारी स्वरुप बोहोराटारमा भेला भएको हुन् ।

हिजो सिंह निवास चाक्सीबारीमा भएको देउवा–पौडेल पक्षको वार्ता कमिटी केन्द्रीय कार्यसमिति बैठकअघि सानेपामा छलफल गर्ने सहमतिका साथ टुंगिएको थियो । तर पौडेल सबै नेताहरुलाई देउवा पक्षसँग अहिलेसम्म वार्ताका क्रममा भएको प्रगतिबारे आफू पक्षीय नेता नेताहरुलाई बिफ्रिङ गरिरहेको अधिकारीले बताए । उनका अनुसार आजको बैठकमा पौडेल पक्ष जाने नजाने निर्णय पनि बोहोराटारको बेलाले गर्नेछ ।




भर्खरै