२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँः गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन्। आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन्।

मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृह मन्त्रालयका उच्च अधिकारीलाई प्रसंशापत्रद्वारा सम्मान गरे।

साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् । उनले भने, “निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ, यो पटकको निर्वाचनमा रक्तपात भएन । पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा सलाई कायम राख्न जरुरी छ ।”

मन्त्री अर्यालले उत्साहवर्द्धक रुपमा निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए। “निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ”, मन्त्री अर्यालले भने, “विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझिकन निर्देशन भए होलान । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौँ, समन्वय गरेका छौँ । आइसकेका समन्वयात्मक निर्णयलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायहरुको भूमिका उल्लेखनीय छ ।”

रक्षा मन्त्रालयका सचिव अर्यालले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गरे। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कामय गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गरे।