काठमाडौँ । प्रख्यात अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।
परिवारका अनुसार मस्तिष्कघात भएपछि उपचारका लागि भर्ना गरिएका आचार्यको अन्नपूर्ण न्यूरो हस्पिटल मा सोमबार बिहान ९:५५ बजे निधन भएको हो।
उनको पार्थिव शरीरको अन्त्येष्टि भने मंगलबार गरिने पारिवारिक स्रोतले जनाएको छ। आचार्यका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
आचार्यले नेपाल राष्ट्र बैंक मा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।











