२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति



फाइल फोटो
अ+ अ-

रुपन्देही। दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठूलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ ।

शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकले जानकारी दिनुभयो ।

“जिल्लामा हाल ३० वटा इँटा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल)मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, त्यसैमा वर्षाका कारण करोडौँ इँटामा क्षति हुँदा थप मर्कामा परेका छौँ”, उहाँले भन्नुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताले रुपन्देहीमा करिब रु तीन करोडभन्दा बढीको काँचो इँटा नष्ट भएको बताउनुभयो । नेपाल इँटा उद्योग महासङ्घका सहकोषाध्यक्षसमेत रहनुभएका उहाँले पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले नष्ट भएको जानकारी दिनुभयो ।

काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी बर्सेनि मर्कामा पर्ने गरेको गुप्ताले बताउनुभयो । अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो इँटाको बिमा गर्ने नीति ल्याउनुपर्ने यहाँका व्यवसायीको माग छ । रासस