२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाँका र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति दश वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौँको बौद्धबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण गरेको आरोपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का २२ वर्षीय अशोक लामालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पक्राउ लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस