२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ महिनामा ३४ सय बालबालिका हराए, कहाँ जान्छन् ?



अ+ अ-

काठमाडौं । विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६/७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् । हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ ।तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।

हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक ९छोरा० फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए ।

‘बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउनेभन्दा भेटिनेको संख्या कम देखिने गरेको हो, असुरक्षाका कारण बालबालिका हराएको अवस्था छैन,’ प्रवक्ता पोखरेलले भने । उनले घरपररिवारबाट सामान्य विवादमा अलग भएर सहर छिर्ने, विभिन्न किसिमका घरायसी कामसहित होटल व्यवसायका काममा लाग्ने तथा घर ठेगाना थाहा नभएका बालबालिका सुधार गृहमा राखिने गरेका कारण समेत कतिपय बालबालिका परिवारसँग सम्पर्कमा नरहने गरेको पाइएको बताए ।

सामान्यतया फरक स्वास्थ्य अवस्था भएका बालबालिका धेरैजसो हराउने गरेका छन् । यस्तै, कतिपय अवस्थामा अभिभावकको लापर्बाहीका कारण समेत बालबालिका हराउने गरेका छन् । अर्कोतर्फ बालबालिका हराएर भेटिएपछि प्रहरीलाई जानकारी दिनुपर्छ भन्नेमा धेरै अभिभावक सचेत नरहनुले समेत तथ्यांकमा असर गर्ने गरेको छ ।

प्रहरीका अनुसार बालबालिका हराउँदा जानकारी दिने तर भेटिँदा जानकारी नदिने, कतिपय हराएर पनि ढिला खबर गर्नेलगायतका सूचना समन्वयको कमजोरीका कारण खोजी कार्यमा प्रहरीलाई अप्ठेरो पर्ने गरेको छ । कतिपय बालबालिका धेरैपछि परिवार तथा आफन्तको सम्पर्कमा पुगेको समेत प्रहरीले जानकारी पाउने गरेको छैन । राजधानी दैनिकबाट