२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्किंदै केयूमा आन्दोलन: रजिस्ट्रार बर्खास्त गर्न माग गर्दै प्राध्यापक र कर्मचारी आन्दोलित



अ+ अ-

काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलन चर्किंदै गएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ताटोलीले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारीले आन्दोलन चर्काएका हुन् । विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिनहरू, प्राध्यापकहरू तथा कर्मचारीहरूको उपस्थितिमा भएको सम्झौता कार्यान्वयन गर्न पटक–पटक स्मरण गराउँदा पनि कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ ।

केही महिनाअगाडि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी सघंले आफ्नो हक अधिकारका लागि आन्दोलन गरेको थियो । आन्दोलनपश्चात् विश्वविद्यालय प्रशासनले सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन गर्न पटक–पटक काठमाडौं विश्वविद्यालय प्राधापक संघ र कर्मचारी संघले विज्ञप्तिमार्फत जानकारी गराउँदासमेत केयू प्रशासनले नटेरेको प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले बताए ।

सम्झौता कार्यान्वयन गरी परिस्थितिलाई सहज बनाउँदै जानुपर्नेमा उल्टै रजिस्ट्रारले काभ्रेका प्रमुख जिल्ला अधिकारी, धुलिखेल नगरपालिकाका प्रमुख र प्रहरी प्रमुखलगायतलाई भ्रममा पारी प्राज्ञिक स्वतन्त्रतामाथि आँच पुर्याएको दाहालले बताए ।

रजिस्ट्रार बर्खास्तीको माग:सम्झौता कार्यान्वयनमा विश्वविद्यालयका रजिस्ट्रारले जिम्मेवारी लिन नसकेको भन्दै विश्वविद्यालयका प्राध्यापक संघ र कर्मचारी संघले रजिस्ट्रारको बर्खास्तीको माग गरेका छन् । ‘पटक–पटक उपकुलपतिका कारणले गर्न नसकेको भनाइ दोहोर्याएको परिप्रेक्षमा उपकुलपतिले रजिस्ट्रार डा. सुबोध शर्मालाई बर्खास्ती गरी सम्झौता कार्यान्वयन एक हप्ताभित्रमा गर्नुपर्ने हामीले माग राखेका छौँ,’ दाहालले भने ।

सो समयभित्रमा उपकुलपतिले सम्झौता कार्यान्वयन नगरेमा स्वयं उपकुलपतिको राजीनामा मागी अझ कडा आन्दोलनको घोषणा गर्ने पनि उनको भनाइ छ । घोषित आन्दोलनले विद्यार्थीको पठनपाठनलगायत अन्य शैक्षिक क्रियाकलापमा कुनै अवरोध नपर्ने दाहालले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट




भर्खरै