१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः सांसद्द्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित



अ+ अ-

काठमाडौँ ।प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो ।

२९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो । गण्डकी ३१.५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो । उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय साथ दिन सकेनन् ।

बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र ईशान पाण्डेले समान २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले समान १–१ विकेट लिए ।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीको लागि ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ६१ बलमा सर्वाधिक ७१ रन जोडे । त्यस्तै अशुतोष घिरैयाले ५९ रनको योगदान दिए । शुभ कङ्साकारले ४४ रन बनाए । कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।