२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढाउन सकिदैन : नेता गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताउनुभएको हो । उहाँले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने समेत बताउनुभयो । उहाँले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलु्कहरुसँग प्रतिस्प्रधा गर्न नसकिने समेत बताउनुभयो । त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी अवस्यक रहेको बताउनुभयो ।

उहाँले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवस्यक व्यवस्था गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत बताउनुभयो ।