२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा सार्वजनिक भयो सुजुकीको पहिलो इभी ‘ई–भिटारा’, मूल्य ४९.९९ लाख रुपैयाँ



अ+ अ-

पोखरा । नेपाली विद्युतीय सवारी बजारमा नयाँ अध्याय थप्दै सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘ई–भिटारा’ सार्वजनिक गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमार्फत यसको आधिकारिक मूल्य घोषणा गरिएको हो।

नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले ‘ई–भिटारा’को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। कम्पनीका अनुसार यो मूल्य विशेष सुरुवाती अफर अन्तर्गत सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र प्रारम्भिक भेरियन्टमा लागू हुनेछ।

कम्पनीले अपेक्षा विपरीत आकर्षक मूल्य निर्धारण गर्दै बजारमा प्रतिस्पर्धा बढाउने संकेत दिएको छ। जापानी अटोमेकर सुजुकीको यो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) भएको बताइएको छ।

सिजी मोटोकर्पका अनुसार ‘ई–भिटारा’ले नेपाली बजारमा जापानी विश्वसनीयता, उन्नत प्रविधि र उत्कृष्ट इन्जिनियरिङको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

विद्युतीय सवारीप्रति बढ्दो आकर्षणबीच सुजुकीको यो नयाँ मोडेलले नेपाली अटो बजारमा कडा प्रतिस्पर्धा ल्याउने अपेक्षा गरिएको छ।

सुजुकी ई–भिटाराका मुख्य विशेषता

१. उत्कृष्ट पर्फर्मेन्सः यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ ।

२. क्लास–लिडिङ आउटपुटः यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ ।

३. विश्वसनीय लिगेसीः यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ ।

ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी भएको कम्पनीको दावी छ ।

यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ । यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ ।

देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले सबै ग्राहकहरूलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभी लन्च गर्ने जानकारी पनि सिजीले दिएको छ ।

यी हुन् विशेषताः

बाहिरी आवरणः मस्कुलर र बोल्ड एसयूभी स्टान्स रहेको ई–भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन छ । जस्तै १८ इन्च एरोडाइनामिक अलोय ह्वील र रूफ–एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिएको छ । नेक्स्ट–जेनेरेसन ३–पोइन्ट म्याट्रिक्स एलईडीहरू र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ ।

भित्री आवरणः प्रिमियम, उत्कृष्ट र बहुमुखीपन रहेको ई–भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन–डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड–ग्लास सनरुफ, र मल्टि–कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट–टच डुअल–टोन मेटेरियल प्रयोग गरिएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ । यसमा २५–६५ सेन्टिमिटर १०=१ इन्च को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६=०४ सेन्टिमिटर १०=२५ इन्च को मल्टि–इन्फर्मेसन डिस्प्ले रहेको छ । इन्फिनिटी बाइ हर्मन’ को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

आरामदायी यात्राः यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै, ई–भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै, पछाडिको सिटमा ४०ः२०ः४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ ।

अत्याधुनिक तथा नवीनतम प्रविधि

नयाँ ईभी प्लेटफर्म रहेको ई– भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्म, हेयरटेक ईमा निर्माण गरिएको छ । यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ । २,७०० एमएमको लामो ह्वीलबेस र ५=२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च–क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ ।

पर्फर्मेन्स पूर्ण इलेक्ट्रिफाइड यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३–इन–१ प्रणाली रहेको छ । यो ६१ पध्ज र ४९ पध्ज का दुई लिथियम–आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ । ‘स्यान्ड टु स्नो’ जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले –३० डिग्री सेन्टीग्रेडदेखि ६० डिग्रीसम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन् ।

ड्राइभिङ अनुभवः यसमा इको, नर्मल र स्पोट्र्स गरी तीन मोडहरू छन्, साथै हिउँ परेको बाटोको लागि ’स्नो टेरेन मोड’ पनि दिइएको छ । यसमा वान–पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ । इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ ।

विस्तृत सुरक्षा सुविधाहरूमा यो गाडी प्लेटफर्म ५०% भन्दा बढी हाई–टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ । ई–भिटारामा लेभल २ ब्म्ब्क्, स्ट्यान्डर्ड ७ एयरब्याग –ड्राइभर–साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पाङ्ग्रामा डिस्क ब्रेक, ई–कल भ–ऋबिि सुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टम लगायतका सुरक्षा सुविधाहरू समावेश छन् ।

यो गाडीको बुकिङ देशभरका सबै सुजुकी शोरुमहरूमा खुला गरिएको छ, र यो सुरुवाती मूल्य सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।




भर्खरै