२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ महिने शिशुको बिचल्ली



अ+ अ-

सिन्धुपाल्चोक । आइतबार भएको सवारी दुर्घटनामा परेकी ९ महिने काखे शिशु (छोरा) को बिचल्ली भएको छ । बा२ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा उनकी आमा सुनिता तामाङको निधन र उनका पिता सुमन तामाङ फरार भएपछि बिचल्ली भएको हो । उनै सुमनले चलाएको सो बस सुनकोसी गाउँपालिकाको ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

जुन दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका शिशुलाई अन्य घाइतेसँगै अस्पताल लगिएको थियो । खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको संरक्षणमा रहेका शिशुको कसैले पनि दाबी नगरेपछि प्रहरीले उनको अभिभावक खोजी गरेको थियो । अलपत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शिशु तन्दुरुस्त छन् ।

यति ठूलो दुर्घटनामा उनलाई सामान्य पनि चोटपटक लागेको छैन । उनी अस्पतालका महिला स्वाथ्यकर्मीसँग बसिरहेका छन् । शिशु र मृतक सुनिताका घर र माइती पक्षका आफन्त प्रहरीसँग टेलिफोन सम्पर्कमा आइसकेका छन् । टेलिफोनमा आउँछु भने पनि शिशुको जिम्मा लिन र मृतकको शव बुझ्न सोमबार साँझसम्म कोही आफन्त आएका थिएनन् । मृतक सुनिताको शव बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छ । सौर्य दैनिकबाट