२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १४ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशतले बढेका छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ ।