२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गर्नुभयो । सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

“हिजोको कमी कमजोरीलाई स्वीकारेर थप परिष्कृत ढङ्गले एउटा असल जनप्रतिनिधि बन्ने प्रयासको क्रममा मैले मेरो तर्फबाट जति पनि योगदान दिन सक्छु, सबै विधि विधायनको प्रक्रियामा होस्, चाहे जिल्लाको र समग्र राष्ट्रकै साझा चुनौती र अवसरको विषयमा होस्, मेरो तर्फबाट भरपुर मेहनत हुनेछ”, सांसद थकालीले भन्नुभयो ।

यो ऐतिहासिक क्षणमा अझ थप जिम्मेवार बोध र जुन साझा चुनौती तथा अवसरलाई अझ पेचिलो ढङ्गले जिम्मेवारी बोध गरेको सांसद थकालीले बताउनुभयो । रासस