काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई निलम्बन गरेपछि एन्फाको निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।
निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/१२/१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’
निर्देशनविपरित निर्वाचन गर्न लागेको भन्दै राखेपले एन्फाको कार्यसमिति निलम्बन गरेको थियो । राखेपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२ ।१२ ।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको छ ।”
यता अध्यक्षका प्रत्यासी दीर्घबहादुर केसी (कुमार) ले पनि निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए ।













