२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी तीन भाइ’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । रामनवमीको अवसर पारेर आजदेखि नेपाली चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन भएको छ ।

सामाजिक कथामा आधारित उक्त चलचित्रमा पारिवारिक सम्बन्ध र सामाजिक सन्देशलाई समेटेको निर्देशक मधुसुदन भट्टराईले जानकारी दिए ।

उनले भने, “यो पूर्ण रुपमा पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्र तीन दाजुभाइमार्फत समाज र देशको अवस्थालाई चित्रण गर्न खोजिएको छ । यो स–परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र बनेको छ ।”

उनले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त भएकाले चलचित्र जुनसुकै उमेर समूहका लागि हुने बताए  ।

उक्त चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे)लगायतका कलाकारले अभिनय गरेका छन्  ।