२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा भारी वर्षा र बाढी: पाँच जनाको मृत्यु, छ घाइते



अ+ अ-

काठमाडौं । अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाले अचानक बाढी ल्याउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

यो जानकारी राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बिहीबार साँझ दिएका हुन् ।

प्रवक्ता हम्मादका अनुसार, बाढी पूर्वी प्रान्त परवान र पक्तिया तथा दक्षिणी प्रान्त कन्धार, जबुल र हिल्मण्डमा फैलिएको छ । बाढीले घर, सडक र कृषि क्षेत्रलाई व्यापक क्षति पु¥याएको छ ।

प्रभावित क्षेत्रमा ९४ वटा आवासीय घर पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् भने ग्रामीण सडकहरू बगाएर जाने जोखिममा परेका छन् । साथै, बाढीले खेतीयोग्य जमिन डुबाएको छ, जसले कृषकहरूलाई ठूलो आर्थिक क्षति पु¥याएको छ ।

विपद् व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रहरूमा राहत वितरण गर्न र क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्न सर्वेक्षण टोलीहरू पठाइसकेको छ । यसका साथै प्राधिकरणले प्रभावित जनतालाई सुरक्षित स्थानमा सार्न र प्राथमिक सहायता उपलब्ध गराउन पहल सुरु गरेको छ ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनहरूमा थप वर्षाको चेतावनी जारी गरेको छ । यसले पहाडी र जोखिमपूर्ण क्षेत्रमा थप बाढी आउने सम्भावना बढाएको छ, जसले अझ धेरै जनधनको क्षति निम्त्याउन सक्ने संकेत गर्दछ ।

विशेषज्ञहरूले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले तत्काल तयारी अपनाउनुपर्छ र प्राधिकरणले जारी गरेका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने भनेका छन् ।




भर्खरै