२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटा दुर्घटना: क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुलाईयो



अ+ अ-

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्त र स्थानीयबासीको अवरोधका कारण बन्द रहेको कोशी राजमार्गको हिले–सिधुवा सडक खण्ड सात घण्टापछि आईतबार साँझबाट सुचारु भएको छ । मृतकका परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउँने, घाईतेलाई उपचारको व्यवस्था गर्ने लगायत सहमतिपछि साँझ सात बजेबाट सडक अवरोध हटेको हो ।

छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आईतबार दिउँसो करिव १२ बजे हिलेबाट जोरपाटीतर्फ जादै गरेको को २ ह ६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को १ ख ६९१२ नम्बरको टेलर ठोक्किँदा टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाईते भएका टेम्पुमा सवार छथर जोरपाटी–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास–५ का २५ बर्षीय प्रदिप बस्नेतको उपचार भईरहेको छ ।

घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयबासीले दुर्घटनास्थलमा शव तेस्राएर प्रदर्शन गर्दै दिनभर सडक अवरोध गरे । उनीहरुले टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शन चर्किदै गएपछि जिल्ला सदरमुकामबाट दुर्घटनास्थलमा दर्जनौं सुरक्षाकर्मी पठाईएको थियो । राजमार्गमा दिनभर सवारी आवतजावत हुँन नसक्दा सयौं सवारी सडकमै रोकिए । मध्यान्नदेखिकै सडक अवरोधका कारण घण्टौं चिसोमा कठ्यांग्रिनु पर्दा यात्रुको बिचल्ली भएको थियो ।

घटनापश्चात प्रशासनको पहलमा मृतकका आफन्त र ट्रेलर साहु पक्षवीच अपरान्ह छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालयमा भएको करिव दुई घण्टा लामो छलफलमा दुई पक्षवीच सहमति जुटेपछि साँझबाट सवारी सुचारु भएको धनकुटाका प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए ।सहमतिपछि दुवै मृतकका शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । डोजर बोक्न प्रयोग गरिने टेलर र चालक प्रहरी नियन्त्रणमा छन् । राजधानी दैनिकबाट