२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सङ्कटबिच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग



अ+ अ-

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ ।

दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो ।

आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन सुदृढ र सावधानीपूर्ण आर्थिक नीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता, साथै आर्थिक वृद्धि तीव्र बनाउन संरचनात्मक सुधारलाई गहिरो बनाउने र अस्थिर ऊर्जा मूल्यका कारण कमजोर वर्गमा पर्ने प्रभाव कम गर्न सामाजिक सुरक्षालाई सुदृढ गर्ने’ प्रयासको प्रशंसा गरेको छ ।

आईएमएफका अनुसार उक्त रकम वितरण कार्यकारी बोर्डको स्वीकृतिमा निर्भर रहनेछ । यो सहमति स्वीकृत भएमा पाकिस्तानले एक्सटेन्डेड फन्ड फेसिलिटी अन्तर्गत १ अर्ब डलर र रेजिलिएन्स तथा सस्टेनेबिलिटी फेसिलिटी अन्तर्गत करिब २१ करोड डलर प्राप्त गर्नेछ ।




भर्खरै