काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुशासन मार्गचित्र–२०८२’ सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयको वेभपोर्टलमार्फत उक्त प्रतिवेदन सार्वजनिक गरिएको छ ।
शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी यसअघि सुशिला कार्की सरकारलाई बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको हो ।
यो प्रतिवेदन १ हजार ४९ पृष्ठको छ । हाल नेपालमा रहेका मन्त्रालयहरु, सार्वजनिक संस्थान एवं क्षेत्रगत रुपमा गर्नुपर्ने सुधारको विस्तृत अध्ययन र सुझावहरु यसमा समेटिएको छ ।
जेनजी आन्दोलनको माग र भावनालाई सम्बोधन गर्ने उद्देश्यले शासकीय सुधारका क्षेत्रहरू पहिचान गर्न प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको थियो ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/03/सुशासन-मार्गचित्र-२०८२.pdf”]












