२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश



रबि लामिछाने
अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अब यो मुद्दा पाँच जना न्यायाधीशको बेन्चमा जानेछ, र मुद्दा लम्बिने छ ।

आज सुरुमा लामिछानेतर्फबाट पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । उनको बहसपछि निवेदक पक्षको जवाफी बहस भएको थियो ।

निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।

गएको पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् ।