काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा माईतीघर–बबरमहल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।
लाठीचार्जका क्रममा एमालेका नेता, कार्यकर्ताहरु घाइते भएका छन् । शनिवार बिहान गुण्डुस्थित निवासबाट सूर्योदय हुनुपूर्व नै प्रहरीले घेरा हालेर अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन दबाएको आरोपमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।
एमालेले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई ‘अवैध र राजनीतिक प्रतिशोध’ भन्दै तत्काल रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिरहेको छ । –न्युज एजेन्सी नेपाल




















































