२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचित सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः अध्यक्ष शर्मा



अ+ अ-

काठमाडैँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनैपनि गतिविधि नगर्न चेतावनी दिएकी छन् ।
पत्रकारहरू जहिले पनि ‘वाचडग’ को रूपमा रहने उल्लेख गर्दै उनले सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको बताएकी हुन्। सोमवार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्द उनले यस्तो बताइन् ।

अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसावले सशक्त रूपमा उभिने स्पष्ट पारिन्। शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिइन्। कतिपय कानूनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानूनहरू आउन लागेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

उनले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गरिन्। पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनैपनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उनले बताइन् । हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उहाँले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन्।

महासंघले देशभरका पत्रकारहरूलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।