२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै



रबि लामिछाने
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित राहदानी दुरुपयोगको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दा पेशीमा परेको हो। यसअघि पटक–पटक हेर्न नभ्याइने सूचीमा परेर स्थगित हुँदै आएको यो मुद्दा आज १२ औं नम्बरमा राखिएको छ।

लामिछानेले नेपाली तथा अमेरिकी दुवै राहदानी प्रयोग गरेको आरोपसम्बन्धी विषयमा युवराज पौडेलले करिब दुई वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको दाबी गरिएको छ।