२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविधायन सौन्दर्यम् मार्फत प्रकृति र फेशनको समिश्रण



अ+ अ-

काठमाडौं: नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” शनिबार ललितपुरको झम्सिखेलस्थित द प्लाजा नेपालमा सम्पन्न भएको छ।

फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको संगमका रूपमा प्रस्तुत कार्यक्रमले रनवेलाई जीवन्त क्यानभासमा रूपान्तरण गर्दै दर्शकलाई विशिष्ट अनुभव प्रदान गरेको थियो। फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक प्रस्तुति कार्यक्रममा समेटिएको थियो।

“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणामा आधारित शोमा नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताबाट प्रेरित ६ वटा संग्रह प्रस्तुत गरिएको थियो। हिमाल, वन, सिमसार क्षेत्र, वन्यजन्तु तथा पुष्पीय विविधतालाई आधार बनाएर तयार गरिएका डिजाइनहरूले प्रकृतिका विविध आयामलाई फेशन कथामा रूपान्तरण गरेका थिए।

कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिबाट गरिएको थियो। कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रस्तुत संग्रहहरूमा “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो”, “इरिडेसन्ट शेल्स”, “आवरण मृत्तिका”, “एभियोरा”, “रेड लिस्ट रिभेरी” र “वनस्पति कुसुम” समावेश थिए। प्रत्येक संग्रहले प्रकृतिका फरक–फरक पक्षलाई प्रतीकात्मक तथा कलात्मक ढंगले अभिव्यक्त गरेको थियो।

कार्यक्रमकै अवसरमा एनसीएफटी फेशन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो। क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, कलेज प्रशासन तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

विद्यार्थीहरूको सिर्जनात्मक कार्यको मूल्यांकनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो।

कार्यक्रमलाई राधा कृष्ण ज्वेलर्स, अमेरिकन ल्याङ्ग्वेज सेन्टर र एलआईएम कलेजले सिल्भर प्रायोजकका रूपमा सहयोग गरेका थिए। हेयर तथा मेकअपको व्यवस्थापन आईएसएएस ब्यूटी स्कूलले गरेको थियो भने अन्य विभिन्न संस्थाहरूको पनि सहकार्य रहेको थियो।

एनसीएफटीको यो ग्राजुएसन फेसन शोले नेपाली युवा डिजाइनरहरूको सिर्जनात्मक क्षमता, सीप र दृष्टिको प्रभावकारी प्रस्तुति गरेको आयोजकको भनाइ छ। “विविधायन सौन्दर्यम्” ले फेशनलाई केवल सौन्दर्य प्रदर्शनमा सीमित नराखी विचार, कथा र भावनाको अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गरेको देखिएको छ।

तस्बिर: प्रदीपराज वन्त,रासस