२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच छलफल जारी



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका सबै सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच छलफल भइरहेको छ।

प्रदेशका समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका प्राथमिकता तथा संघ–प्रदेश समन्वयका विषयमा केन्द्रित छलफल जारी रहेको जनाइएको छ।

छलफलमा कोशी प्रदेशका सबै राजनीतिक दलका सांसदहरूको सहभागिता रहेको छ। बैठकमा प्रदेशको विकास योजना, बजेट कार्यान्वयन, प्रशासनिक चुनौती तथा नीति–कार्यक्रम प्रभावकारिताबारे विस्तृत रूपमा छलफल भइरहेको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले संघीय सरकार र प्रदेश सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा धारणा राखिरहेको स्रोतले जनाएको छ।छलफलपछि थप निष्कर्ष र निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ।