२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी महासंघको १३ अधिवेशनः निकोलश पाण्डेको प्यानल घोषणा



अ+ अ-

काठमाडाैँ । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि निकोलश पाण्डेको प्यानल घोषणा भएको छ ।

मंगलवारदेखि चल्ने साधारण सभा र अधिवेशनमा प्रतिष्पर्धा गर्न लागि सोमवार एक कार्यक्रमकाबिच पाण्डेको प्यानल घोषणा गरिएको हो । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्नेछन् ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै पाण्डेले निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या हल गर्ने योजनासहित आफूहरू प्रतिष्पधर्धामा उत्रिएको बताए । उनले निर्माण व्यवसायको क्षेत्रमा देखिएका चुनौतीहरू सरोकारवालाहरूसँगको समन्वयमा समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सार्वजनिक खरिद ऐनका निर्माण व्यवसायका प्रतिकुल रहेका दफाहरु खारेज गर्ने समेत घोषणा गरे । महासंघको अध्यक्ष पदका लागि पाण्डेसँग वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा प्रतिष्पर्धा गर्नेछन् ।