२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह



अ+ अ-

काठमाडौँ। विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ ।

सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर्न अनुरोध गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ बमोजिम जुवा खेल्न र खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्थाको समेत बोर्डले स्मरण गराएको छ । रासस