२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा विधानविपरीत ४१ विभाग प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतबाटै पार्टीका रिक्त विभाग गठनको तयारी गरेका छन् । उनले विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा विभाग गठन गर्ने तयारी गरेका हुन् । पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेतृत्वविहीन तथा म्याद सकिएका भ्रातृ संस्थासहित उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठकलाई संस्थापनइतर समूहले बहिष्कार गरेपछि देउवाले बहुमतबाटै विभाग बढाउने गरी बैठकमा ४१ वटा विभाग प्रस्ताव गरेका हुन् ।

बिहीबारको बैठकमा संस्थापनइतर पक्ष मानिने रामचन्द्र पौडेल समूहका नेता भने उपस्थित भएनन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूसमेत बैठकमा सहभागी भएनन् । इतर पक्षले बैठक बहिष्कार गरेपछि देउवाले आफ्ना केन्द्रीय सदस्य मात्रै राखेर विधानविपरीत विभाग बढाउने गरी बैठकमा प्रस्ताव गरेका हुन् । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले संशोधनसहित पारित गरेको विधानमा भने केन्द्रमा २८ विभाग रहने उल्लेख छ ।

सभापति देउवाले महाधिवेशनको मुद्दालाई छलेर विभाग गठन गर्ने तयारी गरेपछि आफूहरूले केन्द्रीय समिति बैठक बहिष्कार गरेको इतर समूहका नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ४ बजेपछि विवादकै बीच सुरु भएको थियो । सभापति देउवाले पार्टीको विधानबमोजिम महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र रिक्त रहेका २८ वटा विभाग गठन गर्नुपर्नेमा संख्या बढाएर ४१ पुर्याउने तयारी गरेपछि इतर समूह असन्तुष्ट रहँदै आएको थियो ।

इतर समूहले सभापतिले पुरानै विधानअनुसार ४१ वटा विभाग गठन गर्ने तयारी गरेको आरोप लगाउँदै आइरहेको थियो । जोशीले केन्द्रीय समिति बस्नुअघि शीर्ष नेताहरूबीचको छलफलमा इतर समूहले महाधिवेशनको एजेन्डा राख्न र कार्यतालिका ल्याउन आग्रह गरेको तर संस्थापन पक्षले नमानेको जानकारी दिए । संस्थापन पक्षका केन्द्रीय सदस्य मीन विश्वकर्माले पौडेल पक्षीय नेताहरूले बैठकमा सहभागी नहुन अनेक बहानाबाजी गरेको बताए ।

विश्वकर्माले पौडेल पक्षले महाधिवेशनको विषयलाई उठाएर अनावश्यक बहानाबाजी गरेर बैठकलाई बिथोल्न खोजेको आरोप लगाए । ‘क्रियाशील सदस्यता नै नबाँडिएको, सदस्यता नवीकरण नभएको र पार्टीका संरचनाको समायोजन नै नसकिएको अवस्थामा महाधिवेशनको विषय उठाएर पौडेलजीहरू बैठकमा सहभागी भएन । असंगत विषयलाई उठाउने, बाहनाबाजी गर्ने र बैठक बिथोल्ने उहाँहरूको रणनीति हो,’ देउवा पक्षीय केन्द्रीय सदस्य विश्वकर्माले भने । राजधानी दैनिकबाट




भर्खरै