२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी–७



अ+ अ-

काठमाडौं । सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।

वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ ।

अर्थ मन्त्रीहरू, ऊर्जा मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको भर्चुअल बैठक पछि जारी गरिएको विज्ञप्तिमा जी–७ ले रूस– युक्रेन युद्धका कारण रूसमाथि लगाएको प्रतिवन्द जारी राख्ने जनाएको छन् ।

क्योडो न्यूजका अनुसार जी–७ समूहले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आवाश्यक समन्वय कायम गर्ने प्रतिज्ञा गर्दै पेट्रोलियम उत्पादनहरूको अन्यायपूर्ण निर्यात प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।

जापानका उद्योग मन्त्री रियोसेई अकाजावालाई उदृत गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) द्वारा रणनीतिक तेल भण्डारको अतिरिक्त आपुर्तिका लागि तयारी भइरहेको जनाएको छ । जापानका अर्थमन्त्री सात्सुकी कातायामाले क्योडो न्यूजलाई उद्धृत गर्दै बढ्दो कच्चा तेलको मूल्यले विदेशी मुद्रा बजारलाई असर गर्नुका साथै जन–जीवन र अर्थतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिए ।

इरानमा अमेरिका र इजरायलको सयुक्त आक्रमण पछि पश्चिम एशियामा द्वन्द्व चर्किय पछि, इरानी सेनाहरूले विश्वव्यापी तेल ढुवानीको लागि एक महत्वपूर्ण स्थान हर्मुज अवरुद्ध गरे पछि आपूर्ति अवरोध र कच्चा मूल्यमा वृद्धि भएको छ ।