२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा जम्मा ६ किमि कालोपत्र



अ+ अ-

काठमाडौं । चावहिल–साँखु सडक खण्डको ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । सर्वोच्च अदालतको आदेश, काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदारको ढिलासुस्तीका कारण कामले गति लिन नसकेको हो । पानी पर्ने वित्तिकै हिलो र घाम लाग्ने वित्तिकै धुलोको सास्ती खेप्दै आएका स्थानीयले दर्जनौ पटक सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलन गरे । तर, सडकको अवस्थामा भने सुधार आउन सकेन । चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजना २०७२ सालबाट काम अघि सारिएको थियो ।

सोही अनुसार २०७४ सम्ममा सडक विस्तार सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । बारम्बार म्याद थप्दा पनि हालसम्म कामले गति लिन सकेको छैन । जसका कारण सर्वसाधारणले हिलो र धुलोको सास्ती खेप्न बाध्य भएका छन् । सो सडक निर्माणका लागि भन्दै नेता तथा मन्त्रीहरूले दर्जनाँै पटक अनुगम गरे तर सो सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपाल र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहितको टोली चावहिल साँखु सडक खण्ड अनुगमनमा निस्केका थिए ।

सो अनुगमनका क्रममा चालू आर्थिक वर्षमा सो सडकको काम सम्पन्न गरिसक्ने आश्वासन समेत दिए । यसो त गत वर्ष भौतिक पूर्वाधार तथा यातायातका पूर्व मन्त्री रघुवीर महासेठले पनि चालू आर्थिक वर्षमा सम्पन्न गर्ने आश्वासन नदिएका होइनन् । तर, कामले गति भने दिन सकेन । गत मंगलबार पनि माधवकुमार नेपाल सो सडक अनुगमनमा निस्किएका थिए । सरकार र ठेकेदारको चरम लापारबाहीले सास्ती खेप्न बाध्य भएको स्थानीयको भनाइ छ । सरकार र ठेकेदारको मिलेमतोमा समयमै सडक पिच हुन नसकेको स्थानीय मिलन खड्काको भनाइ छ ।

ठेकेदारले थोरै कामदार ल्याएर काम गराए जस्तो गर्छन् । कहिले चार जना पनि हुँदैनन् । उनले भने, ‘स्थानीयको आँखामा छारो हालेका छन् । सरकार र ठेकेदारकै मिलेमतोले काम हुन सकेको छैन । म्याद थप्दै जाने तर, काम भने गर्न सकेका छैनन् । सडकको खाल्डा समेत पुर्न सकेका छैनन् ।’ कतिपय स्थानमा सडक कालोपत्रे गर्न सुरु गरिएको छ भने कतिपय स्थानमा खाल्डाखुल्डी समेत पुर्ने काम भएको छैन । एक अर्ब ७५ करोडको लगानी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार एक अर्ब ७५ करोड रुपैयाँको लगानीमा उक्त सडक निर्माण भइरहेको छ ।

सो सडक निर्माणको लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरुरच्याङमिला÷खानी जेभि, बज्रगुरु÷बिरुवा÷खानी जेभी र बिटीरसुनकोसीरवल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पछि लामा समानान्तर ठेकेदार थपिएको छ । तर,काम भएको भने देखिँदैन ।सम्झौता अनुसार २०७४ सम्ममा सडक विस्तारको काम सकाउनु पर्ने हो । तर, पनि हालसम्म कामले गति लिन सकेको छैन ।

मापदण्ड अनुसार १८ मिटर सडक र दुर्ई–दुई मिटरको अपांगमैत्री गरी २२ मिटरको सडक बनाउनुपर्ने भए पनि घरधनीले घर नभत्काएका कारण अहिले मापदण्ड घटाएर चुच्चेपाटी अगाडिबाट बौद्धसम्मको करिब एक किमि, जोरपाटी ओरालोबाट नारायणटारसम्मको करिब दुई किमि, र दक्षिण ढोकाबाट थलीसम्मको करिब एक किमिको मात्रै सडक पिच भएको छ । आयोजनाले निर्माण समय सकिए पनि फेरि तिनै कम्पनीलाई काम गर्न दिएकोे छ ।

यस कारण भएन सडक पिच: उक्त सडकमा भएको संरचना हटाउन नसकेको कारणले सडक विस्तार हुन नसकेको हो । सडक विस्तार आयोजनाका अनुसार घरधनीले मुआब्जा नपाएपछि घर भत्काउन नदिँदा सडक कालोपत्रे गर्न सकेका छैनन् । आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने घरधनीले घर नभत्काउँदा र ठेकेदारको ढिलासुस्तीले सडक विस्तारमा समयमा सम्पन्न गर्न नसकेको बताए । ‘अहिले घर नभत्काए पनि पिच गर्ने आदेश आएकाले पिचको काम भइरहेको छ । हाम्रो प्राथमिकता सडक निर्माण हो । हामी निरन्तर लागिपरेका छौँ’ उनले भने ।

९७ करोेडमा ५० प्रतिशत काम:चावहिल–साँखु सडक निर्माणको क्रममा हालसम्म ९७ करोड रूपैयाँ खर्च भइसकेको सडक विस्तार आयोजनाले जनाएको छ । यता सो सडकको कामको गति हेर्दा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको देख्न्छि । यसरी हेर्दा बजेट खर्चअनुसार कामको गति सुस्त देखिन्छ । सौर्य दैनिकबाट