२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङ र आइजीपी अर्यालबिच छलफल, के भयो कुराकानी ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

बैठकमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ। सम्भावित विपद्का जोखिमलाई न्युनिकरण गर्न प्रभावकारी रणनीति निर्माण, स्रोत साधनको व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

त्यसैगरी, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको छ। सीमा गस्तीलाई थप सशक्त बनाउँदै तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिइएको छ।

सरकारले पछिल्लो समय बढ्दो विपद् जोखिम र सीमासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाइएको छ।