२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न विकसित देशहरुलाई आह्वान गर्नुभएको छ । स्पेनको राजधानी म्याड्रिडमा जारी संयुक्त राष्ट्रङ्सघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उहाँले विकसित देशलाई कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराउनुभयो ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीतिनिर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने मन्त्री बस्नेतको भनाइ रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १।५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उहाँले कार्बन उत्सर्जनको वर्तमान वृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गर्नुभयो । दक्षिण एशियामा मात्र विश्वको २० प्रतिशत जनसङ्ख्या हिन्दू–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औँल्याउनुभएको थियो ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोबास गर्ने ठूलो जनसङ्ख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उहाँले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।

“जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ”, मन्त्री बस्नेतले भन्नुभयो । नेपालले स्थानीयस्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको उहाँले सम्मेलनमा जानकारी दिनुभएको प्रेस संयोजक भट्टले बताउनुभयो ।

मन्त्री बस्नेतले सम्मेलनमा नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चका रूपमा ‘सगरमाथा संवाद कार्यक्रम’को आयोजना गरेको जानकारीसमेत गराउनुभएको थियो । उहाँले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गर्नुभएको थियो ।