काठमाडौँ। कुपर कोनोलीको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा विजयी शुरुवात गरेको छ ।
नयाँ चण्डीगढको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले सिजनको सुखद सुरुवात गरेको हो। १६३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै जित पक्का गर्यो।
पञ्जावको जितमा कुपर कोनोलीले ७२ रनको अर्धशतकीय इनिङ खेले । ४४ बल खेलेका कोनोलीले समान पाँच चौका र छक्का प्रहार गरे । पबसिम्रन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अइयरले १८ रन बनाउँदा जेभियर बार्टलेटले ११ रन बनाए ।
गुजरातका प्रसिद्ध कृष्णाले तीन विकेट लिए । कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वासिंगटन सुन्दरले समान एक विकेट लिए ।
गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३९ रन बनाए भने जोस बटलरले ३८ र ग्लेन फिलिपले २५ रन बनाए । त्यस्तै, वासिंगटन सुन्दरले १८, ओपनर साई सुदर्शनले १३ र अविजित रहेका राहुल तेवाटियाले समान ११ रन बनाए ।
पञ्जावका विजयशंकर बस्कले तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा मार्काे जानसेनले एक विकेट लिए ।












