२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा



अ+ अ-

काठमाडाैँ । थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी गरिएको छ र डढेलोका घटनाहरू बढेसँगै अवैध रूपमा आगो बाल्ने कार्यमा कडाइ गरिएको छ । प्रदुषण नियन्त्रण विभागकाअनुसार उत्तरी र उत्तर–पूर्वी क्षेत्रहरूमा एः २.५ को मात्रा सुरक्षा मापदण्डभन्दा धेरै बढी पाइएको छ ।

चियाङ माई प्रान्तमा सबैभन्दा बढी २९२.६ माइक्रोग्राम प्रति घनमिटर रेकर्ड गरिएको छ । सरकारी प्रवक्ता ललिदा पेरिसविवातानाले वायु प्रदुषकहरू बढ्नुको कारण आन्तरिक कृषिजन्य आगो र सीमापारबाट आउने तुवाँलो दुवै भएको बताए। उनले आगामी दिनहरूमा सुख्खा मौसमका कारण नयाँ डढेलो लाग्ने र फैलिने जोखिम बढ्ने चेतावनी दिए। आईतवार थाइ जियो–इन्फर्मेटिक्स एण्ड स्पेस टेक्नोलोजी डेभलपमेन्ट एजेन्सीको पछिल्लो स्याटेलाइट डाटा अनुसार देशभर ४ हजार ३ सय २७ सक्रिय तातो स्थानहरू फेला परेका छन् ।

जसमा ९० प्रतिशतभन्दा बढी डढेलो वन क्षेत्रमा केन्द्रित छन् । एक विज्ञप्तिमा ललिदाले सरकारले सम्बन्धित निकायहरूलाई डढेलो पत्ता लगाउन र निभाउन तत्काल आदेश दिएको बताए । दुर्गम र उच्च जोखिम भएका क्षेत्रहरूमा पहुँच बढाउन विमान र ड्रोनहरू परिचालन गरिएको छ । अधिकारीहरूले खुला रूपमा आगो बाल्ने अभ्यासलाई कम गर्न समुदायमा आधारित अभियानहरू तीव्र पारिरहेका छन् र सेल ब्रोडकास्ट प्रणालीमार्फत निरन्तर सार्वजनिक चेतावनीहरू जारी गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा, थाइल्याण्डले लान्चाङ–मेकोङ सहयोग संयन्त्र र ’हटलाइन क्लियर स्काई’ च्यानलमार्फत छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको छ ताकि तातो स्थानहरू कम गर्न र सीमापार तुवाँलोको प्रभावलाई कम गर्न सकियोस् ।




भर्खरै