२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकको विरोधमा प्रदर्शन



अ+ अ-

गुवाहाटी । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् ।

अधिकारीहरूले हालैका प्रदर्शनमा २० जना घाइते भएको बताएका छन् । प्रदर्शनकारीले सवारी साधनहरूमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । परिस्थिति निकै नाजूक भएको भन्दै असममा हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरिरहनु भएको छ, तर राज्यका अधिकांश भागमा इन्टरनेट सेवा नै अवरुद्ध छ ।

भारतको माथिल्लो सदनले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसंख्यक नागरिकहरू खासगरी हिन्दु धर्मावलम्बीका नागरिकता सम्बन्धी आवेदनलाई छिटो निरुपण गर्न अनुमति दिएको छ, तर यसमा मुस्लिम अल्पसंख्यकलाई त्यस्तो मौका दिइएको छैन ।

इस्लामी समूहहरू, विपक्षी, अधिकार समूह र अन्यहरूले यो प्रधामन्त्री मोदीको हिन्दू–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुको भनाईमा भारतका २ करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो ।

भारतको सुदूर उत्तर पूर्वका धेरैजसो मानिसहरुलाई केन्द्र सरकारको पछिल्लो कदमले निकै त्रासमा राखेको छ किनभने नयाँ कानुनले बंगलादेशबाट आएका इस्लाम बाहेक हिन्दू आप्रवासीलाई मात्र नागरिकता दिने बाटो खोल्नेछ, र मुस्लिम समुदाय बिचल्लीमा पर्नेछन् ।

“म असमका मेरा भाइबहिनीहरूलाई आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन विधेयक पारित भएपछि पनि उनीहरूले चिन्ता लिनुपर्दैन,” प्रधानमन्त्री मोदीले उत्तरपूर्वको सबैभन्दा ठूलो राज्य असमका जनतालाई सम्बोधन गर्नुभएको ट्वीटमा लेख्नुभएको छ ।

सरकारले रातिको समयमा निषेधाज्ञा ९कफ्र्यु० लगाएको भए पनि धेरैजसो स्थानमा त्यसलाई उल्लङ्घन गरिएको छ । सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ । त्रिपुरा र असम राज्यतर्फ जाने सबैजसो रेलसेवा स्थगित गर्नुका साथै केही हवाई उडान रद्द गरिएको छ ।
(((