२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने



अ+ अ-

काठमाडाैँ । चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरुलाई दलिय आधारमा बोल्ने समय निर्धारण गरिएको छ । रास्वपालाई २५ मिनेट, काँग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रश्तुत गर्ने, संसद नियमावली, २०७९ प्रश्तुत गर्ने, शोक प्रश्ताव परित गर्ने लगायतका सम्भावित कार्यसूचि समेत रहेका छन् ।